Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते

    माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 741
    SHARES

    दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

    घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् । दुर्घटनमा गाडीका चालक बाँकेको राझाका २७ वर्षका राजन बिक गम्भीर घाइते भएका छन् ।



    त्यस्तै तुलसीपुर उपमहानगरपालिका – १६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट समान्य घाइते भएका छन् ।



    उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडिको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ७ जना सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार