Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहद्वारा काठमाडौंमा सिटी जुलुस

    संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहद्वारा काठमाडौंमा सिटी जुलुस

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटन गरेको भन्दै त्यसको विरोधमा काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

    केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमबिरूद्ध सिटी जुलुस निकालेको हो ।



    प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणापछि नेकपा दुई समूहमा विभाजन भएको छ ।



    साथै नेकपा प्रचण्ड–नेपाल समूहले चरणबद्ध रूपमा आन्दोलका कार्यक्रम गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार