Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद् : प्रचण्ड–नेपाल समूह

    नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद् : प्रचण्ड–नेपाल समूह

    अनलाइन नेपाल
  • मंगलबार, १३ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको बल प्रयोगको घटना दुःखद् भएको जनाएको छ ।

    नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले आज साँझ विज्ञप्तिमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिकले चालेको अग्रगमनको रक्षाका लागि भएको प्रदर्शनमाथि बल प्रयोगको विरोध गर्दै संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र सङ्घर्षशीलताप्रति ऐक्यबद्धता प्रकट गरेका हुन् ।



    सोमबार निषेधित क्षेत्रमा प्रवेश गरेको जनाई प्रहरीले नागरिक समाजका अगुवामाथि बालुवाटार क्षेत्रमा पानीको फोहरा हान्दा केही सहभागी घाइते भएका थिए । वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।



    शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न अध्यक्षद्वयले सरकारलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार