Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्रीको वार्ताको सन्देश विप्लवसम्म : प्रतिबन्ध फुकुवाको तयारी

    प्रधानमन्त्रीको वार्ताको सन्देश विप्लवसम्म : प्रतिबन्ध फुकुवाको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।

    धानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसमक्ष वार्ताको प्रयासबारे सूचना पुर्याइसकेको छ । त्यसका लागि सरकारले आफू निकट विभिन्न समूहलाई परिचालनसमेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने तयारी गरेको छ ।



    नेकपाभित्र विभाजनको प्रक्रिया अघि बढ्दै गर्दा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनालाई समेत विश्वासमा लिन प्रयत्न गर्दै आइरहेका छन् । उनले केही दिनअघि पूर्वजनमुक्ति सेनालाई बालुवाटारमा नै बोलाएर उनीहरुका गुनासा सुनेका थिए ।



    स्रोतका अनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्धसमेत फुकुवाको तयारी गरिररहेको छ । सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सो समूहमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाएको छ । सरकारले विप्लवसमक्ष सरकारी पक्षको धारणा पुर्याए पनि सो समूहले भने सरकारलाई औपचारिकरुपमा नै पहल गर्न आग्रह गरेको बताइन्छ । आजकोराजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार