Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतमा कल गर्न एनसेलको सुलभ भ्वाइस प्याक 

    भारतमा कल गर्न एनसेलको सुलभ भ्वाइस प्याक 

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्ने भएका छन् ।
    एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको विज्ञप्तिमार्फत जानकारी गराएसँगै यो सुविधा शुरु भएको हो ।
    यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
    दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् ।
    दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ । यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स१ह्यास डायल गर्न सक्छन् ।
    त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसिमा रहेको यो भ्वाइस प्याक ग्राहकले कर सहित मात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रति मिनेट (कर सहित रु २.५४ प्रति मिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथिभाइसँग सम्पर्कमा रहन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
    भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क रु २.९९ प्रति मिनेट (कर सहित रु ३.८२ प्रति मिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्ने पनि एनसेलले जनाएको छ ।
    आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
    भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार