Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बुधबारको कोरोना अपडेटः १४२ जनामा संक्रमण, २०६ जना डिस्चार्ज, १ को मृत्यु

    बुधबारको कोरोना अपडेटः १४२ जनामा संक्रमण, २०६ जना डिस्चार्ज, १ को मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा आज थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै हिजो नेपालमा १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार