Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गैंडा मारेको अभियोगमा १४ जना पक्राउ

    गैंडा मारेको अभियोगमा १४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 1.8K
    SHARES

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको जनाएको छ ।

    निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेको जानकारी दिए । सो घटनामा संलग्न भएको आशंका गरेका १६ जना फरार छन् ।



    गएको भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्याण्डमा गोली पड्कोको आवाज आएको थियो । निकुञ्जको टोली र नेपाली सेनाले खोजतलास गर्दा भदौ २१ मा एउटा गैंडा मृत भेटिएको थियो । सो गैंडालाई चोरी सिकारीले मारेको प्रष्ट भए पनि खाग भने सुरक्षित नै थियो । त्यसपछि कात्तिक १९ मा निकुञ्जकै पश्चिम क्षेत्र मर्दी घोलमा गोली लागेर मरेका र खाग नभएका गैंडाका माउ बच्चा भेटिएका थिए ।



    चालु आर्थिक वर्षमा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा २३ वटा गैंडा मृत फेला परेका छन् । जसमध्ये चारवटालाई सिकारीले मारेको पुष्टि भएको छ । गैंडा जोगाउन नसकेको आरोप खेप्दै आएको निकुञ्ज प्रशासनले चोरी सिकारीमा संलग्न मानिसहरु पनि समाउन सकेको थिएन । कात्तिक २७ गतेदेखि स्वीप अप्रेसन सुरु भएको र देशका विभिन्न भागबाट मानिसहरु पक्राउ परेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

    गैंडा मारेमा १० लाख रुपैयाँसम्म जरिवना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार