Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • २१ गैंडा मारेको आरोप लागेका प्रजा पक्राउ

    २१ गैंडा मारेको आरोप लागेका प्रजा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 729
    SHARES

    धादिङ । २१ गैंडा मारेको आरोप लागेका बमबहादुर प्रजा प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रजालाई बिहीबार राती धादिङको मलेखुबाट पक्राउ गरेको हो ।

    २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०र२२ वर्षको माउ गैंडा र ३ वर्षको बच्चा मृत भेटिएको थियो ।



    चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनमा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चार वटै गैँडाको शिकार बमबहादुर प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको हो ।



    १७ वटा गैंडा मारेपछि बमबहादुर २०६० सालमा पक्राउ परेका थिए । त्यति बेला उनले १७ वटा गैंडा मारेको स्वीकारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार