Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कसरी भयो राज्यविरुद्धको कसुर ?

    कसरी भयो राज्यविरुद्धको कसुर ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संविधान निगरानी समूहले सोमबार राजधानी गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने क्रम बढ्दै गएको औँल्याउँदै भनेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रता रोकिएपछि राजनीति र कानुन रहँदैन । त्यसपछि लोकतन्त्र रहँदैन । प्रश्नवादबाट मुलुक समर्थनवादमा जाँदै छ । नेपालको लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताले जोगाएको छ । नबोल्ने संस्कार लोकतन्त्र हुनै सक्दैन ।’

    त्यही कार्यक्रममा अधिवक्ता टीकाराम भट्टराईले बागलुङ रहेकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने गरेको बताएका थिए । झाँक्री त्यही दिन त पक्राउ परिनन्न, तीन दिनपछि भने प्रहरीले उनलाई पक्राउ गर्यो । चौतर्फी विरोध र सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा परेकाले सरकारले झाँक्रीलाई ५ घण्टापछि रिहा गर्यो तर अभिव्यक्ति दिएकै कारण जोकोहीलाई धरपकड गर्ने लगायत क्रियाकलाप सरकार सक्रिय भएको संकेत देखियो ।



    नेता झाँक्रीको अभिव्यक्तिमाथि अनुसन्धान थाल्दै पक्राउ पुर्जी बिहीबार दिउँसो थमाएको थियो । पुर्जीमा राज्यविरुद्धका कसुरअन्तरगत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले भन्ने व्यहोरा उल्लेख छ ।



    अधिवक्ता गोविन्द बन्दीका अनुसार झाँक्रीको अभिव्यक्तिलाई लिएर दफा ५८ आकर्षित हुन सक्दैन । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति संविधानको रक्षाका लागि अधिकार प्रयोग नगरेकाले त्यसमाथि टीकाटिप्पणी र राजनीतिक आलोचना गर्ने छुट जोकोहीमा छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार