Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आन्दोलन चर्कदै गर्दा सर्वोच्चद्धारा नेपाल र भट्टराईबारे ललिता निवास प्रकरणमा प्रमाण झिकाउन आदेश

    आन्दोलन चर्कदै गर्दा सर्वोच्चद्धारा नेपाल र भट्टराईबारे ललिता निवास प्रकरणमा प्रमाण झिकाउन आदेश

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध प्रमाण झिकाउन आदेश दिएको छ ।

    दुबै पूर्व प्रधानमन्त्रीलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले प्रमाण बुझ्न आदेश दिएको हो ।



    सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलाशले आज सुनुवाई गर्दैै प्रमाण झिकाउने आदेश गरेको हो ।



    वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

    रिटमा उनले राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमनत्रीद्धयलाई समेत मुद्दा चलाउन माग गरेका थिए ।

    सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा मुद्दा चलाउन अख्तियारको निर्णयको प्रमाण झिकाउने आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार