Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • साथीको हत्या गरेर फरार भएका अभियुक्त ६ वर्षपछि पक्राउ

    साथीको हत्या गरेर फरार भएका अभियुक्त ६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले साथीको हत्या गरेर फरार रहेका अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–४ स्थायी घरभई ललितपुर कुमारीपाटी बस्ने ५४ वर्षका भिमे सार्की रहेका छन् ।



    २०७१ जेठ ९ धोवीखोलामा दाङको तुल्सीपुर नगरपालिका–१० स्थायी घर भई काठमाडौंको थापागाँउ बस्ने द्रोणबहादुर सेनको हत्या भएको थियो ।



    हत्यामा संलग्न भिमे सार्की फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएको र पछिल्लो समय काठमाडौंमा लुकीछिपी बसेको गोप्य सूचनाको आधारमा फागुन ५ गते पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    घटनाबारे महाशाखाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार