Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भतिजा अपहरण गरी फिराैती माग्ने काका प्रहरीकाे फन्दामा

    भतिजा अपहरण गरी फिराैती माग्ने काका प्रहरीकाे फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    जनकपुरधाम । सिराहाबाट अपहरित बालकको उनकै काकाले अपहरण गरेको घटना सार्वजनिक भएको छ । सिराहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए ।

    प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गर्ने क्रममा काकाकै संलग्नता देखिएको हो। बालक अपहरणको आरोपमा प्रहरीले बालककै काकालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा बालककको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि काकासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    सिराहा प्रहरीका प्रबक्ता शालिग्राम शर्माले बालकको अपहरणमा उनको काका कुलदीप यादवसहित दुई जनाको संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कुलदीपकै योजना बमोजिम सिराहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्‍याएको खुलेको शर्माले बताए । दुवै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।



    प्रहरीका अनुसार कुलदीपको बालकको बुबा प्रदीपसँग मनमुटाब रहेको थियो । सोही रिसइबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । रिसइबी साँध्दै फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार