Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • होङ्सी सिमेन्टको नाममा ओली निकट कमरेडको कमाल

    होङ्सी सिमेन्टको नाममा ओली निकट कमरेडको कमाल

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं।  नेकपा केपी ओली समूहसमर्थित युवा संघमा हालै केन्द्रीय सचिव बनेका नवलपरासी चिसापानीका रमेश पौडेलले राजेन्द्र तिवारी, बिमल वगालेलगायत तेह्र जना साथीहरुबाट ट्रिपर खरिद गरी चिनिया लगानीबाट नवलपरासीको दुम्किबासमा सञ्चालित सिमेन्ट फ्याक्ट्री होङ्सी शिवम्मा ठेक्कामा लगाइदिने भन्दै सात लाखका दरले उठाएर काठमाडौमा राजनीति गर्नुका साथै कलङ्कीमा आफ्नो बन्दोबस्त मिलाएर बसेको रहस्य खुलेको छ ।

    ०७४र०७५ साल तिर नवलपरासीमा युवा परिषदको अध्यक्ष समेत भइसकेका पौडेल राजनीतिक आवरणमा एक पछि अर्को गदै ठगी धन्दामा जोडिन पुगेका छन् ।



    पाँच बर्षपहिले दिव्यज्योति बहुमुखी क्याम्पसमा कर्मचारीको रुपमा काम गर्दा त्यहाँ अध्ययनरत प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छत्तिस जना विद्यार्थीबाट ‘ट्रान्सक्रिप्ट’ निकालिदिने भन्दै पाँचदेखि सात सयका दरले ठगी गरेर यति सानो रकममा समेत -याल चुहाउने गरेका पौडेल लगायत नवलपरासीका पार्टी अध्यक्ष  दीपेन्द्र अधिकारी, युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रे र विद्यार्थीबाट जिल्ला अध्यक्षसमेत भईसकेका सुशान्त शर्मालगायतले बङ्गलादेशबाट आयात हुने हरियो केराउमा पूर्वी जिल्ला इटहरीबाट भन्सार छली गरी नवलपरासीका झुल्ने पुल र ठुटेवारी नाका हुँदै तीन गुणा बढी मूल्यमा भारत पठाउने गरेको समेत पाइएको छ ।



    नवलपरासी सुनवलका रमेश कार्कीसँग कास्कि जिल्ला अदालतमा उनीविरुद्घ परेको लागु औषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अठार लाख रुपैयाँसमेत झ्वाम पारेका पोडेलविरुद्घ पार्टी नफुट्दै उनका साथी निरज पाण्डे, राजेन्द्र तिवारि र चन्द्र बहादुर क्षेत्री लगायतका युवाले युवासंघको केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए (हेर्नुस् उजुरी) भने काठमाडौं जिल्ला अदालतमा उनीविरुद्घ ठगी मुद्दासमेत परेको चर्चा छ ।

    प्रधानमन्त्री केपी ओलीका निजी सचिवालयका सदस्य रमेश आचार्यसँग आफ्नो राम्रो सम्पर्क भएको भन्दै सेटिङ्गको धन्दा चलाएका पौडेलले नवलपरासीको दुम्किबासभन्दा तलको खोलामा रहेको चौवन्न कठ्ठा जग्गामा शेयर हाल्ने भन्दै नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारीलगायतको लाखौं रकम फसाईदिएका छन् ।

    बन, अदालत, प्रहरी प्रशासनतिर आफ्नो सम्पर्क राम्रो छ भन्दै सेटिङ्गको धन्दा चलाएका पौडेल लामो समयदेखि नवलपरासि समेत आउन सकेका थिएनन् ।

    पछिल्लो समय पार्टी विभाजनपछि उनीबाट पीडित युवा पनि ओली समूहमा लागेको र उपाध्यक्षसमेत नवलपरासीकै किरण पौडेल भएपछि उनका सहारामा बिस्तारै आउन थालेका छन्, जनआस्थामा खबर छ

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार