Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्न एआइजी पालको जोड

    शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्न एआइजी पालको जोड

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    ललितपुर। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरि बहादुर पालले शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्ने कार्यको लागि जोड दिएका छन् ।

    बुधबार महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्दै एआइजी पालले नयाँ भवनबाट उत्कृष्ट प्रहरी सेवा प्रदान भई स्थानीय समुदायको साझेदारीमा समाजमा शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्ने बताएका हुन्।



    उक्त अवसरमा एआइजी पालले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माणमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरेका थिए।



    उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, बिभिन्न सरकारी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ अधिकृतहरू, संघ संस्थाका प्रमुख, स्थानीय तहका प्रमुखहरु, भद्रभलादमी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार