Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘बी’ डिभिजन लिग : नयाँबस्ती र टुसालको बराबरी

    ‘बी’ डिभिजन लिग : नयाँबस्ती र टुसालको बराबरी

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत नयाँबस्ती युथ क्लबले टुसाल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ ।

    बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा  ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए ।



    पहिलो हाफमा १-० ले पछि परेको टुसालका लागि दोस्रो हाफको ७१औं मिनेटमा एलोन राईले बराबरी गोल फर्काएका थिए ।



    बराबरीसँगै ९ खेलबाट १२ अंकसहित नयाँबस्ती  लिग तालिकाको छैटौं स्थानमा छ । त्यस्तै टुसाल ९ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार