Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोलार्डले हाने एकै ओभरमा ६ छक्का

    पोलार्डले हाने एकै ओभरमा ६ छक्का

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    एजेन्सी । वेष्ट इन्डिजका काउरन पोलार्डले टी २० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

    श्रीलंका विरुद्धको पहिलो टी २० खेलमा पोलार्डले अकिला धनन्जयको बलमा एकै ओभरमा ६ छक्का हानेका हुन् ।



    धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएपनि छैटौँ ओभरमा भने पोलार्डलाई ३६ रन दिन पुगे । पोलार्डको ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी २० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ ।



    श्रीलंकाले दिएको १३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३ दशमलव एक १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । यस्तै एभिन लेविसले २८ र लेन्डल सिमोन्सले २६ रन जोडे । ज्यासन होल्डर २९ रनमा अविजित रहे ।

    श्रीलंकाका धनञ्जयले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई पेभेलियन पठाउँदै ह्याट्रिक पूरा गरे ।

    यस्तै श्रीलंकाका डी सिल्भाले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।

    श्रीलंकाका लागि पाथुम निशनकाले ३९ र निरोशन डिक्वेलाले ३३ रन बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार