Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महिलाहरुले अधिकार प्राप्तिका लागि आन्दोलन नै गर्नुपर्ने पम्फा भुसालको भनाइ

    महिलाहरुले अधिकार प्राप्तिका लागि आन्दोलन नै गर्नुपर्ने पम्फा भुसालको भनाइ

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । साविकको नेकपा प्रचण्ड-माधव समूहकी नेत्री पम्फा भुसालले महिलाहरुले अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् ।

    सोमबार १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।



    अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा मात्र महिलाहरुले धेरै अधिकार पाएको तर कार्यान्वयनको चुनौती रहेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छिन् ।



    ‘मुलुकमा हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ,’ उनले भनिन् ।

    ‘हामीले राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् ।

    महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

    नारी दिवसको अवसरमा आज अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार