Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओलीलाई पार्टीबाट निकालेको भन्ने अपराधीहरुको झलझली सम्झना भइरह्यो : सुर्य थापा

    ओलीलाई पार्टीबाट निकालेको भन्ने अपराधीहरुको झलझली सम्झना भइरह्यो : सुर्य थापा

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। आइतबार सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि संसद्को सबैभन्दा ठूलो सत्तारुढ दल नेकपा एमाले भित्रको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने विषयमा आमचासो रहेको छ ।

    पार्टीका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहबाट निस्केर प्रचण्डसँग मिलेर प्रचण्ड-माधव समूह खडा गरेको थिए ।



    पार्टी अलग भएपछि सार्वजनिक कार्यक्रममा हदैसम्मको एकले अर्कालाई आरोप-प्रत्यारोप लगाउदै हिडेका उनीहरु  अहिले फेरी सँगै देखिन पर्ने भएको छ।



    पछिल्लो समय नेताहरुको एकअर्काप्रतिको अभियक्ति सुन्दा त छिट्टै मन मिलिहाल्न त्यति सहज देखिँदैन ।

    यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबूकमा स्टाटस लेख्दै भनेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारपटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ ।

    त्यस्तै, उनले जनताले दुईतिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन नमिल्ने उल्लख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार