Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमालेको जिम्मेवारी सम्हाल्न च्यासल पुगे बादल

    एमालेको जिम्मेवारी सम्हाल्न च्यासल पुगे बादल

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । करीब चार दशकसम्म माओवादीको राजनीति गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबारबाट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    शुक्रबार एमाले प्रवेशसँगै प्रदेश-३ को इन्चार्जसमेतको जिम्मेवारी पाएका बादलले शनिबारदेखि औपचारिक रुपमा एमालेको जिम्मेवारी सम्हालेका छन् ।



    शुक्रबार बालुवाटारमा बसेको विशेष केन्द्रीय कमिटी बैठकले बादललाई वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो ।



    जिम्मेवारीसँगै बादलले आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।

    प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार