Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता हुँदै

    प्रधानमन्त्री ओली र माधव नेपालबीच वार्ता हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

    एमाले स्रोतका अनुसार आज विहान ११ बजे दुवै पक्षका शीर्ष नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेट हुने भएका छन् ।



    पछिल्लो समय पार्टी भित्र रहेको विवादलाई टुङ्गोमा पुर्याउन आज ११ बजे धुम्बाराहीमा दुवै पक्ष भेट हुन लागेका हुन् ।



    धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।
    त्यस्तै, अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

    पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको ओलीनिकट स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार