Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • म्यान्मारमा सैन्य ‘कू’ : एकै दिन ३८ प्रदर्शनकारी मारिए

    म्यान्मारमा सैन्य ‘कू’ : एकै दिन ३८ प्रदर्शनकारी मारिए

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 1.7K
    SHARES

    एजेन्सी। म्यान्मारमा सैनिक ‘कू’पछि चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् ।

    सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो ।



    द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनकारीको ज्यान गएको र दर्जनौं घाइते भएको एएपीपीले जनाएको छ ।



    यस्तै, आइतबार प्रदर्शनकारीहरूले चिनियाँ लगानीमा खुलेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार