Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ठूलो रक्तपातपछि पनि म्यान्मारमा सैन्य शासन झन् कडा

    ठूलो रक्तपातपछि पनि म्यान्मारमा सैन्य शासन झन् कडा

    सूचीलाई अदालतमा पेस गर्ने तालिका स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी। म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।

    गत माघ १९ गते सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि आन्दोलन चर्किएको छ।



    हिजो देशभरि भएका विरोधप्रदर्शनहरूमा झन्डै ५० जनाको मृत्यु भएको बताइएको छ।



    सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली प्रहार गरेका थिए । अधिकांश मृत्यु याङ्गुनमा भएको हो ।

    नेत्री आङ सान सू चीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएको हो ।

    तर आज उनलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको छ ।

    प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सूचीसहित अन्य नेताहरूको रिहाइको माग गरेका छन् ।

    सैन्य शासकहरूले उनीविरुद्ध भ्रष्टाचारसहित विभिन्न मुद्दा हालेको बिबिसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार