Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सई बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    सई बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 7.8K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यलय विशेष ब्यूरोमा दरबन्दी भई लागूऔषध नियन्त्रण ब्यूरो,कोटेश्वरमा  कार्यरत प्रहरी नायब निरीक्षक(सई)बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन्।

    ब्यूरोले  दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दरितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सञ्जेललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।



    २०७७ फागुन ९ गते काठमाडौंबाट लागूऔषध अफिम १३ किलो ५ ग्रामसहित मान्छे पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको , फागुन १२ गते ढल्कुबाट ६ किलो ५ ग्राम लागूऔषध हिरोईनसहित आरोपीलाई कानुनी दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै ब्यूरोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो।



    सई सन्जेललाई वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले लागूऔषध अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेका हुन।

    सई सन्जेल नेपाल प्रहरीमा इन्टेलिजेन्स र अनुधन्धानमा पोख्त प्रहरीका रुपमा चिनिन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार