Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकालाई उत्तर कोरियाका नेता किमकी बहिनीको चेतावनी

    अमेरिकालाई उत्तर कोरियाका नेता किमकी बहिनीको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनीले अमेरिकालाई ‘दुर्गन्ध ननिकाल्न’ चेतावनी दिएकी छन् ।

    किम यो-जङले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो बताएकी हुन् ।



    सरकारी सञ्चारमाध्यमका अन्तर्वार्ता दिँदै उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरिन् ।



    अमेरिकी सरकारले उत्तर कोरियासँग कूटनीतिक सम्पर्कका लागि हप्तौँदेखि प्रयास गरे पनि त्यो सफल नभएको बताएको छ ।

    उत्तर कोरियाले अहिलेसम्म बाइडनको कार्यकाल सुरु भएको विषयमा बोलेको छैन ।

    ‘समुद्र पारिबाट हाम्रो जमिनमा बारुदको गन्ध फैलाउन सङ्घर्ष गरिरहेको अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझाव: आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने पहिलो चरणमै दुर्गन्ध फैलाउने कामबाट परै रहनु ठिक,’ उनलाई उद्धृत गर्दै रोडोङ सिन्मून पत्रिकाले लेखेको बिबिसीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार