Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पुनःस्थापित संसद मृतकलाई श्रध्दाञ्जली दिने मसानघाट जस्तै : खगेन्द्र संग्रौला

    पुनःस्थापित संसद मृतकलाई श्रध्दाञ्जली दिने मसानघाट जस्तै : खगेन्द्र संग्रौला

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालयको उद्घाटन गर्न निम्ता दिने लेखक खगेन्द्र संग्रौलाले पुनःस्थापित संसद- मृतकलाई श्रध्दाञ्जली दिने मसानघाट जस्तै भएको बताएका छन्।

    पछिल्लो समय देशको राजनीतिक अवस्था र दलका नेताहरुको गतिविधिलाई नजिकबाट नियाली रहेका लेखक संग्रौलाले वर्तमान अवस्थालाई लिएर टिप्पणी गरेका छन्।



    ट्वीटरमा ट्वीट गर्दै उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई इंकित गर्दै प्रधानमन्त्रीको लागि हात नलम्क्याउने तर आइपरे नछोड्ने, माओवादी केन्द्रको हालतलाई भ्यागुतोको धार्नीको संज्ञा दिएका छन् ।



    लेखक संग्रौलाले जनता सामाजवादी पार्टी जसपालाई हावाको संज्ञा दिँदै दुई मुख दुई जिब्रा भएको बताए । एमालेका असन्तुष्ट पक्ष माधव नेपाल पक्षलाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोपखालीमा व्यस्त रहेको बताउँदै अन्तिममा आउने नतिजालाई भस्मासुरे ! ओली प्रवित्ति झन्झन् उद्दण्ड बन्दै गएको उनको भनाइ छ।

    उनको ट्वीट यस्तो रहेको छ:

    पुनःस्थापित संसद- मृतकलाई श्रध्दाञ्जली दिने मसानघाट।

    नेका देउवा- प्रम खान हात लम्काउँदिनँ,मुखाँ हाल्दिए खाइदिन्छु।

    एमाओवादी- अविश्वासकाे प्रस्ताव,भ्यागुत्ताकाे धार्नी।

    हावा जसपा- दुई मुख,दुई जिब्रा।

    माधव-झल- ओलीलाई धाेपखालीमा व्यस्त।

    नतिजा- भष्मासुरे ओली प्रवृत्ति झन्झन् उद्दण्ड!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार