Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महिलालाई महिलाले ललाई फकाई बेचबिखन गर्न खोज्दा पक्राउ

    महिलालाई महिलाले ललाई फकाई बेचबिखन गर्न खोज्दा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 4K
    SHARES

    बर्दिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले मानव बेचबिखनको गर्न खोजेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । रुपालाई मधुबन नगरपालिका-८ लालीबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।



    ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले २८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा उनलाई पक्राउ गरेको बताएको छ।



    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार