Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बालगृहमा रहेकी बालिकामाथि ६ महिनादेखि बलात्कार

    बालगृहमा रहेकी बालिकामाथि ६ महिनादेखि बलात्कार

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 6.1K
    SHARES

    सांकेतिक तस्बिर

    दाङ । बालगृहमा रहेकी एक बालबालिकामाथि ६ महिनादेखि नियमित बलात्कार भएको पाइएको छ ।

    बालगृहमा रहँदै आएकी ति बालिकामाथि सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको हो ।



    तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी जुम्लाकी १४ वर्षीया बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी परेको हो ।



    ति बालिकाले चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेको भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी हुन् । जाहेरीपछि चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए । तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ ।

    ३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामूहिक बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका व्यक्ति भएको पनि खुलेको छ ।

    चौधरीलाई सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार