Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • म्यानमारको सैनिक नरसंहारविरुद्द मुख खोल्न लोकतन्त्र पक्षधरलाई बाबुराम भट्टराईको आग्रह

    म्यानमारको सैनिक नरसंहारविरुद्द मुख खोल्न लोकतन्त्र पक्षधरलाई बाबुराम भट्टराईको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्यानमारमा भइरहेको नरसंहार विरुद्ध  मानवता र लोकतन्त्र पक्षधर सबैलाई बोल्न आग्रह गरेका छन् ।

    आइतवार सामाजिक सञ्जालमार्फत्  उनले संसारका कुनै पनि कुनामा फौजी र गैर फौजी तानाशाही स्वीकार्य नभएको समेत बताउँदै त्यसका विरुद्द बोल्न आग्रह गरेका हुन्।



    उनले अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै सबै यसको विरुद्धमा र लोकतन्त्रको पक्षमा बोल्नुपर्ने बताएका छन् ।



    अध्यक्ष भट्टराईले पोष्ट गरेको भिडियोमा सेनाले गोली चलेको पनि स्पष्ट देख्न सकिन्छ।

    उनको ट्वीट यस्तो छ, ‘म्याानमारमा भैरहेको नरसंहार विरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन ! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ ! (Stop Genocide in Myanmar! Down with Military Dictatorship!)’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार