Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • छोरी पढाउन भनेर मागेको पैसा नदिएपछि सर्वोच्च परिसरमा दुई अधिवक्ताबीच कुटाकुट

    छोरी पढाउन भनेर मागेको पैसा नदिएपछि सर्वोच्च परिसरमा दुई अधिवक्ताबीच कुटाकुट

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 7.3K
    SHARES

    काठमाडौं। सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच हात हालाहाल (कुटाकुट) भएको छ।

    अदालत परिसरमा आज दिउँसो अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच कुटाकुट भएको हो।



    सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो।



    गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ ।

    अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको थियो । जोशीको मुखमा चोट लागेको छ। अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए ।

    ‘मिल्ने साथी भनेर पैसा दिएको थिएँ । छोरी पढाउन भनेर मागेको थियो । मुद्दा मामिला केही गरेको छैन । अस्ति नगरपालिकामा भेट्दा पनि भागेको थियो । आज भेट भएर माग्दा झगडा गरेर गयो,’अधिवक्ता जोशीले भने।

    घटनापछि चोट लागेका जोशी प्रहरी कहाँ पुगेका छन् भने गुप्ताले भने केही बोल्न चाहेनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार