Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अनलाईन जुवा काण्डले तानिए रुपन्देहीका एसपी पोखरेल, मनोज केसीको सरुवा

    अनलाईन जुवा काण्डले तानिए रुपन्देहीका एसपी पोखरेल, मनोज केसीको सरुवा

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 6.8K
    SHARES

    काठमाडौं। तारे होटलबाट अवैध रुपमा अनलाईन गेम (जुवा) खेलाउने गिरोहसँग आर्थिक लाभ लिएर संरक्षण गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रबिण पोखरेल हेडक्वार्टर तानिएका छन्।

    प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमिततामा मुछिएका एसपी पोखरेलको ठाउँमा मनोज केसीलाई पठाएको छ।



    स्रोतका अनुसार सिल्भर हेरिटेज इन्भेष्टमेण्ट प्रालिद्धारा सञ्चालित रुपन्देहीको भैरहवास्थित टाइगर वन होटलले अवैध अनलाईन जुवा खेलाउने गरेको र करोडौ रकम बिदेशिने गरेको भन्दै उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले त्यसको रोकथाम गर्न निर्देशन दिएको थियो।



    तर, एसपी पोखरेलले उल्टै गिरोहलाई संरक्षण दिएको खुलेपछि उनी कारवाही स्वरुप हेडक्वार्टर तानिएका हुन। एसपी पोखरेलको आड पाएपछि क्यासिनोमा होटलका कार्यकारी अधिकृत माइक बोलसोभरले नै अनलाईन जुवा खेलाउन निर्दैशन दिएका थिए।

    एसपी पोखरेलको संरक्षणका कारण अहिलेसम्म लुम्बिनीका होटल सञ्चालकहरु राजश्व अनुसन्धान र प्रहरीको आँखाबाट बच्न सफल भएका थिए । रुपन्देहीका सिडिओ पिताम्बर घिमिरेको पनि पर्सामा सरुवा भएको छ।

    त्यस्तै,मदिराले मात्तिएर चलाएको गाडीले पैदल यात्रुलाई ठक्कर दिएर हत्या गर्ने चालकलाई उन्मुक्ति दिन लागेको खबर सार्वजनिक भएपछि  एसपी  पोखरेलमाथि  प्रहरी प्रधान कार्यालयले समिती नै बनाएर छानविन गरेको थियो।

    सो प्रकरणमा पनि उनी दोशी देखिएका थिए।

    पुस १७ गते लतिलोत्तमा नगरपालिका २ जानकीनगरमा मादक पदार्थ सेवन गरी गाडी हाँकेका प्रबिण शाक्यले पैदल हिंडिरहेका २४ बर्षीय महेन्द्र मरासिनीलाई ठक्कर दिँदा मरासिनीको मृत्‍यु भएको थियो।

    तर,शाक्यलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएर पेश गर्न एसपी पोखरेलले इलाका प्रहरी कार्यालय बुटवललाई दबाब दिएका थिए ।

    शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको पीडित पक्षले कुरा उठाएका थिए।

    एसपी पोखरेलले शाक्यसँग आर्थिक चलखेल गरी नक्कली बिरामी बनाएर प्रहरी हिरासतमा नराखी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गराएको पनि खुलेको थियो ।

    गत भदौमा आकर्षक जिल्ला मानिने रुपन्देहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त नबिन घिमिरेको दबाबमा एसपी  पोखरेलको सरुवा भएको थियो ।

    अख्तियारमा रहँदा एसपी पोखरेलले स्टिङ अप्रेशनको नाममा धेरै प्रहरीलाई फसाएका थिए।

    अख्तियारमा बसेर धेरै प्रहरीको आँफै उजुरी हाल्दै जागिर खाइदिएको भन्दै पोखरेलको आलोचना हुँदै आएको थियो ।

    एसपी पोखरेलले प्रहरीभित्र आफ्ना बिरोधी र प्रतिस्पर्धीलाई ठेगान लगाउनका लागि उजुरी हाल्न लगाउने र छानबिन गराउने गरेको  आरोप समेत लागेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार