Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विद्यार्थीहरुसँगै बेल्चा उठाउँदै चिनियाँ राष्ट्रपतिले भने – रूख रोप्नु पनि एक सुन्दर चीन निर्माण गर्ने अभियान हो

    विद्यार्थीहरुसँगै बेल्चा उठाउँदै चिनियाँ राष्ट्रपतिले भने – रूख रोप्नु पनि एक सुन्दर चीन निर्माण गर्ने अभियान हो

    अनलाइन नेपाल
  • शनिबार, २१ चैत्र २०७७
  • 5.9K
    SHARES

    एजेन्सी। चिनियाँ राष्ट्रपति सि जिनपिङ शुक्रबार रूख रोप्न सामेल भए । उनले बेइजिङका नागरिक र विद्यार्थीहरुहरुसँगै बेल्चा उठाएका छन् ।

    कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आफैँ बेल्चा उठाएका हुन् ।



    राष्ट्रिपति सीले बेल्चा उठाएर माटो फालेका थिए  । रूख रोप्ने कार्यक्रम पनि एक सुन्दर चीन निर्माण गर्ने काम रहेको उनले दावी गरे । राष्ट्रपति सीले विद्यार्थीसँग उनीहरुको शैक्षिक क्रियाकलापबारे पनि कुराकानी गरेका थिए ।



    सीले मानव र प्रकृतिबीच सामंजस्यपूर्ण सहअस्तित्वसहित सुन्दर मातृभूमि निर्माण गर्न प्रयास गर्न आग्रह गरे।

    सीले विभिन्न प्रजातिको छ वटा बिरुवा रोपे। रूख रोप्ने क्रममा उनले आफ्ना वरिपरिका युवा विद्यार्थीहरुलाई बाल्यावस्थादेखि नै कडा परिश्रमको भावना जगाउन, कडा अध्ययन गरी देशको विकासमा योगदान गर्न तयार हुन भने।

    चीनले राष्ट्रव्यापी रूख रोपण अभियान सुरु गरेको २०२१ लाई ४० औं वर्ष हो भन्ने कुरालाई ध्यानमा राख्दै सीले सबै जातीय समूहका चिनियाँ जनताले देशलाई हरियाली बनाउन र वनको स्रोत विस्तार गर्न सहयोग पुर्‍याएको योगदानको प्रशंसा गरे।

    ‘चीनले वातावरणलाई प्राथमिकता दिन र हरित विकासको लागि आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्दछ’, सिले थपे ।

    सुन्दर चीन निर्माण गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिँदै सीले भने , एउटा सुन्दर चीनको निर्माण गर्नु भनेको ठूला नदीहरू र मातृभूमिको पहाडहरूको स्वास्थ्य र चिनियाँ जनताको पुस्ताको स्वास्थ्य सुनिश्चित गर्नु हो।’

    उनले पार्टीका सदस्य र कार्यकर्ताहरुलाई देश बिकासमा आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे।

    – तस्बिरहरु: ग्लोबल टाइम्स 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार