Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आफैलाई बयलगाडे भन्ने ओलीको समर्थन ! लाजै मर्नु : खगेन्द्र संग्रौला

    आफैलाई बयलगाडे भन्ने ओलीको समर्थन ! लाजै मर्नु : खगेन्द्र संग्रौला

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 4.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रतिनिधिसभाको चौंथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठबन्धनका लागि निर्णायक भूमिकामा रहेको बेला अन्यौलमा परेको छ।

    कुनै बेला माओवादी केन्द्रसँग मिल्न मिल्न खोजेको जस्तो देखिने जसपा कहिले कांग्रेससँग नजिक देखिएको थियो। तर  यतिबेला पुन: प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट रहेको पाइन्छ।



    यद्दपि पछिल्लो समय पार्टीभित्र दुई धारमा रहेका जसपाका शीर्ष नेताहरुबीच नै तालमेल नमिल्दा ठोस निर्णय भने लिन नसकेको देखिन्छ।



    यसैबीच केहीदिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई साथ दिने संकेत गर्दै ओलीको पक्षमा समर्थन गरेका थिए। तर ठाकूरको उक्त भनाइमा भने पार्टीभित्रका अन्य नेताहरु भने सहमत रहेको देखिदैनन्।

    अध्यक्ष ठाकुरको उक्त आशयलाई लिएर बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत् टिप्पणी प्रस्तुत गरेका छन्।

    संग्रौलालाले लेखेका छन्, ‘६२/६३को आन्दोलनमा बिरालाको घाँटीमा घण्टी बाँध्दै महन्थ ठाकुर दरबारविरूध्द गर्जिँदा ओली सरले महन्थलाई गिज्याउँदै बयलगाडे सिध्दान्त रचेका थिए । अहिले उनै महन्थ उनै ओली उग्र मधेशविरोधी ओली सरका चरणमा शरण परेर निजको सरकार जोगाउन लागिपय्रा छन् भन्ने सुन्दा गाँठ्ठे, लाजै मर्नु भो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार