Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इण्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इण्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 3.7K
    SHARES

    एजेन्सी। इण्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

    सोमबार बिहान इण्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरे ।



    त्यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ ।



    बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।
    त्यस्तै, बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार