Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नहकुल सुवेदीलाई सर्वोच्चको ढोका खुल्यो, अयोग्यताको रिट खारेज

    नहकुल सुवेदीलाई सर्वोच्चको ढोका खुल्यो, अयोग्यताको रिट खारेज

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौंस् सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेको छ।

    यसअघि सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको दावी गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अदालतमा रिट दायर गरेका थिए।



    आज भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश गरेको हो।



    गत फागुन २८ गते न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो।

    तर, प्रस्तावित सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो ।

    सर्वोच्चले रिट खारेजको निर्णय गरेसँगै नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने ढोका(बाटो) खुलेको हो ।

    त्यतिबेला सुबेदीसँगै डा कुमार चुडाल पनि प्रस्तावित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार