Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाई अर्को बर्ष मात्रै हुने

    सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाई अर्को बर्ष मात्रै हुने

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ ।

    सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।



    समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गर्यो ।



    प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।

    न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त समयमा उनीहरुविरुद्द उजुरी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार