Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ५१७ जना थपिँदा ५ को मृत्यु

    पछिल्लो २४ घण्टामा ५१७ जना थपिँदा ५ को मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५१७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

    यसअवधिमा ४ हजार ३८६ पीसीआर तथा ८ सय १७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।



    जसमध्ये पीसीआरबाट ४६०  जना र एन्टीजेन परीक्षणबाट ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा १५३ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको  संख्या  ५ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०५८ पुगेको  छ ।

    हिजो नेपालमा ५५९ जना संक्रमित थपिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार