Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौँ भित्रिने नाकाहरुमा कडाई गर्न एसएसपी सिंहको निर्देशन

    काठमाडौँ भित्रिने नाकाहरुमा कडाई गर्न एसएसपी सिंहको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र प्रहरी प्रमुख एसएसपी अशोक सिंहले काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा निरीक्षण गरेका छन् ।

    मंगलबार नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गर्दै उनीहरुले सवारी साधन तथा पैदलमार्फत आवत-जावत गर्ने यात्रीहरुलाई मास्कसमेत वितरण गरेका हुन्।



    समुदाय प्रहरी साझेदारी अवधारण अन्तरर्गत विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखेर सचेतना अभिवृद्धि गराईएको हो। प्रहरी प्रमुख एसएसपी सिंहले नाकामा अलि कडाईका साथ चेक गर्न समेत निर्देशन दिएका छन्।



    उक्त नाकाबाट सवारी आवत-जावत गर्ने यात्रीहरुलाई अन्दाजी २ हजार ५ सय थान माक्स वितरण गरिएको एसएसपी सिंहले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार