Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एनसेलसँगको सहकार्यमा सामसुङको ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

    एनसेलसँगको सहकार्यमा सामसुङको ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसुङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा नयाँ योजना (नयाँ वर्ष, एक्सचेन्जको हर्ष) सार्वजनिक गरेको छ ।

    यो योजना अनुसार ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    विज्ञप्तिमा भनिएको छ–‘डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।’



    नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसुङको प्रतिवद्धता अनुरुप ल्याइएको पनि कम्पनीले जनाएको छ ।

    एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसुङले लिईएको जनाएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्नेछन् ।

    ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् ।

    ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

    आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोन को बडी सहि अवस्थामा हुनुपर्दछ । कम्पनीले नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्स्चेन्ज प्रदान गरिने पनि जनाएको छ ।

    कम्पनीले यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने पनि जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार