Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बाँकेमा बैशाख ९ गतेदेखि पुन: लकडाउन

    बाँकेमा बैशाख ९ गतेदेखि पुन: लकडाउन

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.1K
    SHARES

    बाँके। जिल्लामा कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गएपछि ९ वैशाखदेखि पुन: लकडाउन हुने भएको छ ।

    जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेपछि बाँके प्रशासनले लकडाउन गर्न लागेको हो।



    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउनका वेला अति आवश्यक कामबाहेक हिँडडुल गर्न समेत नपाइने बताए ।



    जिल्लामा ६ वैशाखमा मात्र तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    छिमेकी मुलुक भारतसँग सीमाना जोडिएको यस  जिल्लामा पछिल्लो समय संक्रमितहरुको संख्या ह्वातै बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार