Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालले जित्यो त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि

    नेपालले जित्यो त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि जित्न नेपाल सफल भएको छ ।

    नेदरल्याण्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।



    नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रन मात्रै जोडेको थियो । नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए । अविनाश बोहोरोले अन्तिम १ विकेट लिए ।



    नेदरल्याण्ड्सका लागि सेबास्टियन ब्राटले सर्वाधिक २६ रन बनाए भने म्याक्स वडागडले २० रन जोडे । पिटर सीलार १३ रनमा समेटिए। अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    त्यसअघि नेपालले कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा २३८ रनको स्कोर खडा गरेको थियो। नेपालले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर यो स्कोर खडा गरेको हो। नेपालका लागि भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

    कुशल मल्लाले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा अभिजित ५० रन जोडे। दीपेन्द्र सिंह ऐरी अभिजित ४८ रनको योगदान दिन सफल भए। उनले १८ बलको सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे।

    त्यस्तै कप्ता ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन जोड्दा आसिफ शेखले ८ बलमा १६ रन बनाएका थिए ।

    नेपालले पहिलो र दोस्रो खेलमा क्रमश नेदरल्याण्ड्स र मलेसियालाई नौ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । त्यस्तै चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार