Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

    मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 1.9K
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरु भएको छ ।

    दिउँसो २ बजेबाट शुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव समेत पेश भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोलेपछि अविश्वासको प्रस्ताव पेश भएको हो।



    प्रस्ताव पेश गर्दै नेता नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको प्रष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।



    मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर रहेको छ ।

    राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने बताउँदै आएको छ । २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ ।

    गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।

    यसैबीच, जसपाले भने नयाँ सरकार गठनका लागि आफ्ना चार बुंदे माग अघि सारेको जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले जानकारी दिए।

    जसपाले नयाँ सरकार गठनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने, साना दललाई निरुत्साहित गर्ने गरी संविधानमा राखिएको ‘थ्रेस होल्ड’ हटाउने एजेन्डा बनाउनुपर्ने, मन्त्रालय बाँडफाँडबारे लिखित सहमति हुुनुपर्ने र राजनैतिक नियुक्तिमा पनि तत्काल सहमति हुनुपर्ने माग आन्तरिकरूपमा राखेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार