Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दाङका दुई कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

    दाङका दुई कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । दाङको बेलझुण्डीस्थित कोराना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–७ का ३८ वर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका–१५ का ३३ वर्षीय पुरुषलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।



    हेलिकोप्टरमा ल्याइएका उनीहरुको काठमाडौंस्थित हेम्स र ग्राण्डी अस्पतालमा उपचार भइरहेको वलीले जानकारी दिए ।



    संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा शय्या र अक्सिजनको अभाव भइसकेको छ भने दिनहुँजसो बिरामीको मृत्यु भइरहेको छ ।

    आज मात्रै तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने आइतबार घोराही उपमहानगरपालिका–१५ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    योसँगै अस्पतालमा भर्ना भएका १२ संक्रमितको मृत्यु भइसकेको छ । अस्पतालमा अहिले ५ जना आईसियू र ३८ जना एचडियू शय्यामा गरी ४३ जनाको उपचार भइरहेको व्यवस्थापक वलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार