Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाललाई ट्रान्जिट बनाएर विदेश जान रोक

    नेपाललाई ट्रान्जिट बनाएर विदेश जान रोक

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर हुने यात्रालाई रोक लगाएको छ। नेपालबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइएको विभागले जनाएको छ।

    आज विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको हो ।



    अध्यागमन विभागका निर्देशक झंकनाथ खनालले वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको बताएका छन् । निर्देशक खनालले विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जाने अनुमति भने साविकबमोजिम नै नियमित रहेको बताएका छन् ।



    कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार