Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल पक्षका थप तीन जना सांसदलाई स्पष्टीकरण

    नेपाल पक्षका थप तीन जना सांसदलाई स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीन जना नेतालाई स्पष्टीकरण सोधेका छन् ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीको निर्देशनमा गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।



    तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।



    कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन सम्भव नभएकाले मेसेञ्जरको माध्यमबाट स्पष्टीकरण सोधिएको तामाङले बताए । तीनै जनाले जवाफ समेत दिइसकेको र सकारात्मक रुपमा स्पष्टीकरण आएको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार