Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रचण्डको माडी भ्रमण : प्रदेश प्रहरी प्रमुख, सीडीओ र एसपीलाई निर्वाचन आयोगको ८ घण्टे स्पष्टिकण

    प्रचण्डको माडी भ्रमण : प्रदेश प्रहरी प्रमुख, सीडीओ र एसपीलाई निर्वाचन आयोगको ८ घण्टे स्पष्टिकण

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’, वाग्मती प्रदेश प्रहरी प्रमुख‚ चितवनका सीडीओ र एसपीलाई ८ घण्टे स्पष्टीकरण सोधेको छ ।

    आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।



    आयोगले अध्यक्ष मौन अवधिमा प्रचारप्रसारमा स‌ंलग्न भएको भन्दै स्पष्टीकरण सोधेको हो । आज माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।



    निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ–‘मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित ‘मौन अवधि’मा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ ।प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो ?’

    त्यसैगरी आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ‘तपाईंलाई श्री पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको थाहा छ, छैन ? निज श्री पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर पुग्दा तपाईंले वहाँसँग भेट गरी वहाँको कार्यक्रमको जानकारी लिनुभयो, भएन ?’ भनेर सोधेको छ ।

    दाहाल भरतपुर पुग्दा प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउन आदेश भएको÷नभएको‚ दाहालले चुनावी प्रचार गरिरहँदा त्यसलाई रोक्न आदेश दिएको’नदिएकोबारे स्पष्टीकरणमा सोधिएको छ ।

    त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई पनि मौन अवधिमा माओवादी अध्यक्ष दाहाल भरतपुर आएको विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले एक पत्रमार्फत प्रहरी उपरीक्षक अधिकारीलाई अध्यक्ष दाहाललाई चितवनमा प्रहरी स्कर्टिङलगायतको सुरक्षा उपलब्ध गराउने कार्यमा अधिकारीको संलग्नता भएकोरनभएको भन्ने विषयमा प्रस्ट्याउन भनेको छ ।

    यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुजा सिंहलाई पनि सोहि विषयमा आयोगले स्पष्टीकरण सोधेको छ । आयोगको पत्रमा भनिएको छ–‘पुष्पकमल दाहाल गएराति भरतपुर आइपुगेपश्चात तपाईंले निजसँग भेट गर्नु भयोरभएन ? निज श्री पुष्पकमल दाहालका राजनीतिक कार्यक्रमबारे तपाईंलाई जानकरी थियो, थिएन ?’

    यसका साथै आयोगले ‘तपाईं स्वयंबाट आचारसंहिताको तदारुकतापूर्वक कार्यान्वयन हुनुपर्नेमा आचारसंहिताको उल्लंघन भइरहँदा सो रोक्न आवश्यक कार्यसमेत नभएको हुँदा निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) तथा ऐ. ऐनको दफा ४४ बमोजिम किन कारबाही हुन नपर्ने ?’ भन्दै प्रश्न गरेको छ ।

    पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न पनि आयोगले निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताअनुसार वैशाख २७ गते राति १२ः०० बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गतिविधि गर्न पाइँदैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार