Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उपत्यकामा मात्रै एकैदिन ३,८९३ जनामा संक्रमण पुष्टि

    उपत्यकामा मात्रै एकैदिन ३,८९३ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।



    यसैबीच, आज पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ६६०  जनामा संक्रमण पुष्टि भएको छ ।



    आज देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च ५५ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ४१७ पुगेको छ ।

    यस्तै,पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८७  हजार ७९० जना डिस्चार्ज भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार