Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उपत्यकामा निषेधाज्ञा नमान्नेलाई कडा सजाय, दुई दिनमा ८४ जनाले तिरे जरिवाना

    उपत्यकामा निषेधाज्ञा नमान्नेलाई कडा सजाय, दुई दिनमा ८४ जनाले तिरे जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरु (५६ वटा) मा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

    यसैबीच, पछिल्लो समय काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने, सडकमा बिनाकाम हिड्ने, मास्कको प्रयोग नगर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ



    प्रहरीले संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना गर्न थालेको भक्तपुरका सीडीओ प्रेम प्रसाद भट्टराईले जानकारी दिए।



    सीडीओ अधिकारीका अनुअस्र निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको हो।

    यसैबीच, मंगलबार र बुधबार मात्रै महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बारम्बार सम्झाउँदा पनि बिनाकाम हिँड्ने, तोकिएको भन्दा धेरै समय पसल खोल्ने र मास्क नलगाउनेलाई जरिवाना गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ।

    काठमाडौंका पनि सवै प्रहरी युनिटले स्थानिय प्रशासनको आदेश उल्लंघन गर्नेहरुलाई जरिवाना लिन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए।

    एसएसपी सिंहका अनुसार संक्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार