Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन : थापा-देवकोटा भिडन्त पक्का, उम्मेदवारी दिन हेटौँडा हिँडे गृहमन्त्री

    राष्ट्रियसभा उपनिर्वाचन : थापा-देवकोटा भिडन्त पक्का, उम्मेदवारी दिन हेटौँडा हिँडे गृहमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 3K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा गृहमन्त्री राम बहादुर थापालाई नै अघि सार्ने निर्णय गरेको छ ।

    केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले गृहमन्त्री थापालाई नै अघि सार्ने निर्णय गरेको हो।



    यसअघि एमालेले गृहमन्त्री थापालाई नै उम्मेद्वार बनाउने बताएको थियो । तर जित्ने अवस्था नदेखेपछि थापा उम्मेदवार बन्न चाहेका थिएनन् । जित्ने सुनिश्चित भएको अवस्थामा मात्र उनी उम्मेदवार बन्ने मनसायमा रहेको बुझिएको थियो।



    तर, थापालाई उम्मेदवार बनाउनुअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले बालुवाटारमा छलफल गरेका थिए । बालुवाटारबाट निर्णय भएपछि उनी उम्मेदवारी दिन बागमती प्रदेशको केन्द्र मकवानपुर हिँडेको उनी निकट स्रोतले बताएको छ।

    आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री थापाले उम्मेदवारी दिने भएका हुन् । यस्तै, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। अब गृहमन्त्री थापा र देवकोटाको भिडन्त हुने पक्का भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार