Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डब्लुएचओद्वारा चिनियाँ खोप सिनोफार्मलाई स्वीकृति

    डब्लुएचओद्वारा चिनियाँ खोप सिनोफार्मलाई स्वीकृति

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ ।

    सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो ।



    सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाख मानिसलाई दिइएको छ ।



    डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।

    तर विभिन्न देशका नियामक निकायहरु, विशेष गरि अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुले चिनियाँ खोपलाई आश्मिक प्रयोगका लागि स्वीकृति दिएका थिए ।

    डब्लुएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको हो ।

    सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले बताएको छ ।

    अब केही समयमा सिनोभाकले उत्पादन गरेको अर्को चिनियाँ खोपले पनि स्वीकृति पाउने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार