Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मापसे गरेर साथी-साथीबीच कुटाकुट, एक जनाको मृत्यु

    मापसे गरेर साथी-साथीबीच कुटाकुट, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    ओखलढुंगा। मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक जना वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो ।

    शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।



    प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए । दुवै जनाले मदिरा सेवन गरेका थिए । घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारवाहीको माग गरेका छन् ।



    शव परीक्षण गर्ने तयारी भइरहेको छ । कुटाकुटका क्रममा सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार